Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सामाजिक सञ्जाल दर्ता हुन आएनन्, करोडौं राजश्व गुम्यो, ३० दिने समयसीमा सकियो


सामाजिक सञ्जाल दर्ता हुन आएनन्, करोडौं राजश्व गुम्यो, ३० दिने समयसीमा सकियो

काठमाडौं । तोकिएको समयसीमामा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्सलगायतका सामाजिक सञ्जाल दर्ता नभएपछि सरकारले समय थप्ने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको ३० दिने समयसीमा हिजो सकिएको हो । सरकारले गएको चैत ७ गते तेस्रो पटक सूचना निकालेर ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको थियो ।

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अनुसार सामाजिक सञ्जालहरू नेपालमा अनिवार्य दर्ता हुनुपर्छ । सरकारले फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर), युट्युब, गुगल जस्ता सामाजिक सञ्जाल प्लाटफर्म नेपालमा दर्ता गर्नुपर्ने व्यवस्थासहित ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०’ लागू गरेको छ ।

निर्देशिका लागू गरेसँगै सरकारले सबै सामाजिक सञ्जाललाई सूचीकृत गर्न निर्देशन दिएको थियो । अहिलेसम्म टिकटक, भाइबर र वीटकसहित तीनवटा सामाजिक सञ्जाल मात्र सूचीकृत भएका छन् ।

नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल प्लाटफर्म फेसबुक र म्यासेन्जरको सञ्चालक कम्पनी मेटालाई सरकारले सूचीकृत हुन आग्रह गर्दै पटक–पटक पत्र पठाउँदै आएको छ ।

सरकारले सामाजिक सञ्जाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वःनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न निर्देशन दिएको छ ।