काठमाडौं । बाँके जिल्लाको कोहलपुर सहर सडक योजना निर्माणका काम कार्य गर्न सुरु गरिएको नगरपालिकाले बताएको छ । नगरभित्रका अधिकांश स्थानमा नाला निर्माण गर्ने कार्य सम्पन्न भइसकेकोले सडक निर्माणलाई अगाडी जोडदिएको हो । कोहलपुर नगर विकास समितिका अध्यक्ष पूर्णप्रसाद आचार्यले नगर योजना भित्रका सडकहरू चौडै सम्पन्न गर्नका लागि नगर विकास समितिले प्रक्रिया अगाडि बढाएको बताएका छन् ।
उनले पहिलो चरणमा तीन किलोमिटर ६ सय मिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न सुरु गर्न थालिएको बताएका छन् । कालोपत्रेका लागि भ्याटबाहेक ८ करोड ९० लाख रुपैयाँमा सम्झौता भएको कोहलपुर नगर विकास समितिले बताएको छ ।