Thursday, June 12, 2025

२०८२ जेष्ठ ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

चीनमा 'पदकविहीन' प्रधानमन्त्री

पत्रपत्रिका


चीनमा 'पदकविहीन' प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणबाट नेपालले आर्थिक र राजनीतिक रूपमा ठुलै लाभ लिने र दीर्घकालीन महत्त्वका सम्झौता हुने अपेक्षा गरिएको भए पनि भ्रमण औपचारिकतामा मात्र सीमित भएको छ।

प्रधानमन्त्री दाहाललाई चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याडले राजनीतिक रूपमा महत्त्व दिएर राजकीय सम्मानु प्रदान गरे पनि नेपाललाई आर्थिक रूपमा फाइदा पुग्ने कुनै दीर्घकालीन सम्झौता हुन सकेन ।

प्रधानमन्त्री दाहालको उपस्थितिमा चीनसँग भएका १३ सम्झौता खुद्रे योजनामा सीमित भएको भन्दै टिप्पणी भएको छ । यद्यपि सम्झौता कार्यान्वयन भए केही फाइदा भने हुने विश्वास लिइएको छ ।

भ्रमणमा जानुअघि स्वयम् प्रधानमन्त्री दाहालले चीनको बहुचर्चित परियोजना बेल्ट एन्ड रोड (बिआरआई) कार्यान्वयन नयाँ चरणमा प्रवेश गर्ने, चीनसँग विद्युत् व्यापार सम्झौता गर्ने, नेपालको पूर्वाधारमा चिनियाँ सहयोग तथा चिनियाँ नयाँ लगानी भित्र्याउन पहल गर्ने सार्वजनिक अभिव्यक्ति दिए पनि ठोस सम्झौता भएन ।

प्रधानमन्त्री दाहालको उपस्थितिमा भएका सम्झौता मन्त्री, सचिव र दूतावासको तहबाट गर्ने प्रकारका भएको कूटनीतिक क्षेत्रका जानकार बताउँछन् । प्रधानमन्त्री दाहालको चीन भ्रमण औपचारिकतामा मात्र सीमित भएको पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री तहको भ्रमणमा हुनुपर्ने सम्झौता एउटा पनि हुन सकेन, एमाले नेतासमेत रहेका जवालीले भने भ्रमण उपलब्धिमुलक भएन। आजको नागरिक दैनिकमा खबर छ ।