काठमाडौं । काठमाडौँ महानगरपालिकाले पार्किङ शुल्क तोकेको छ । आगामी आर्थिक वर्ष २०८२—०८३ को आर्थिक ऐनमा काठमाडौँ महानगरपालिका आफैले सञ्चालन गरेको पार्किङ स्थलमा पहिलो दुई घण्टा पार्किङ गरेको शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
प्रस्तावित ऐनमा भनिएको छ– ‘पहिलो दुई घण्टा शुल्क नलाग्ने, दुई घण्टा भन्दा बढी पार्किङ गरेमा सुरु समय देखिकै दुई पाङग्रेका लागि प्रति तिस मिनेटको पन्ध्र रुपैयाँका दरले र चार पाङग्रेका लागि प्रति तिस मिनेटको पच्चिस रुपैयाँका दरले शुल्क लाग्नेछ ।’
यस्तै अपाङ्गता भएका व्यक्तिको लागि प्रयोग हुने सवारी साधनमा शुल्क नलाग्ने महानगरको आर्थिक ऐनमा रहको छ । काठमाडौँ महानगरपालिकाले अन्य सार्वजनिक निकाय तथा निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सञ्चालन हुने पार्किङ स्थलको हकमा सम्झौतामा उल्लेख गरे बमोजिम पार्किङ शुल्क लाग्ने उल्लेख छ ।