काठमाडौँ । संविधान संशोधनको विषय उठ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति रामचन्द्र पौडलसँग भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको भेटमा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यद्यपि भेटका विस्तृतका के कुरा भयो भन्नेबारे भने प्रधानमन्त्री ओलीको सचिवालयले केही खुलाएको छैन । प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याललगायत वरिष्ठ सरकारी अधिकारीहरूलाई समेत सहभागी थिए ।
संविधान संशोधनको विषय उठ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई भेटे