Sunday, July 27, 2025

२०८२ श्रावण १२, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

असार मसान्तसम्मा मर्जर सक्ने बैंकले राष्ट्र बैंकबाट ६ वटा सुविधा प्रदान गर्ने


असार मसान्तसम्मा मर्जर सक्ने बैंकले राष्ट्र बैंकबाट   ६ वटा सुविधा  प्रदान गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैकले मर्जर तथा एक्विजिसनमा आएको बैंक लाई छुट सुविधा असार मसान्त २०८० सम्म एकीकृत कारोबार गर्ने बैंकहरूले पाउने भएका छन् । राष्ट्र बैंकले मर्जर प्रक्रियामा रहेका लक्ष्मी र सनराइज बैंकलाई लक्षित गर्दै मर्जरमा पाउने सुविधा थप गरेको हो ।

चालू आर्थिक वर्ष आव २०७९,८० को मौद्रिक नीतिमा २०७९ पुस मसान्तभित्र मर्जर सम्पन्न गरी एकीकृत कारोबार गरेका बैंक लाई मात्रै  यो सुविधा दिने व्यवस्था गरेको राष्ट्र बैंकले आज  एक परिपत्र जारी गर्दै असार मसान्तसम्म एकीकृत कारोबार सुरु गर्नेले व ६ वटा सुविधा दिने बताएको छ ।