एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामाको घोषणा गरेका छन् । यद्यपि लिबरल पार्टीबाट नयाँ नेता नचुनिएसम्म ट्रुडोले नै सरकार सञ्चालन गर्नेछन् । आज आयोजित पत्रकार सम्मेलनमा ट्रुडोले दलको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि सत्ता हस्तान्तरण गर्ने जनाए ।
राजीनामाको घोषणा गर्दै उनले आफूलाई योद्धाको संज्ञा दिए । उनले सन् २०१५ मा प्रधानमन्त्री बनेदेखि नै क्यानडाको हितका लागि र मध्यम वर्गीय जनतालाई माथि उकास्नका लागि काम गरेको बताए ।