Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कर्णालीले प्रदेशमा स्याउको विकास र विस्तारका लागि बोर्ड गठन

आर्थिक वर्ष २०८२—०८३ का लागि नीति तथा कार्यक्रम


कर्णालीले प्रदेशमा स्याउको विकास र विस्तारका लागि बोर्ड गठन

काठमाडौं । कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८२—०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख नजिर मियाँले आज संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशमा स्याउको विकास र विस्तारका लागि बोर्ड गठन गरिने बताए ।

किवी, ड्रराइगन, आँप, लिची, केरालगायतका फलफूलमा दिगो प्रतिस्पर्धा तथा आत्मनिर्भर बनाउन कम्तीमा ३ वर्षसम्म बिरुवा सङ्ख्याको आधारमा प्रोत्साहन उपलब्ध गराउने सरकाले नीति लिएको छ ।

अधुरा आयोजनाको अध्ययन गरी लगानी गर्ने, वित्तीय अनुशासन र व्यवस्थापनका लागि आर्थिक प्रणालीमा सुधार ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई रोजगारी र रोजगारीमार्फत आत्मनिर्भर नागरिक बनाउनेतर्फ जोड दिने, हुम्लाको सिमकोटलाई मानसरोवर तथा कैलाश पर्वतको प्रवेशद्वारका रूपमा विकास गर्ने सरकारको नीति छ ।