Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हिन्दी चलचित्र ‘आदिपुरुष’मा उल्लेखित केही शब्दावलीका विषयमा सरकार र वालेनको फरक धारणा


हिन्दी चलचित्र ‘आदिपुरुष’मा उल्लेखित केही शब्दावलीका विषयमा सरकार र वालेनको फरक धारणा

काठमाडौं, ३ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दी चलचित्र ‘आदिपुरुष’मा उल्लेखित केही शब्दावलीका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै नेपालको राष्ट्रिय विभूति जानकीलाई भारतीय छोरीको रुपमा प्रस्तुत गरिएको संवादको विषयमा ध्यानाकर्षण भएको उल्लेख गरेका हुन ।

विज्ञप्तिमा भनिएको छ, ‘‘हिन्दी भाषाको कथानक चलचित्र आदिपुरूषको जाँचका लागि चलचित्र विकास बोर्डबाट मिति २०८० साल जेष्ठ २९ गतेको सिफारिस पत्र केन्द्रीय चलचित्र जाँच समितिमा प्राप्त भएकोमा चलचित्र ९निर्माण, प्रदर्शन तथा वितरण० ऐन, २०२६ तथा नियमावली, २०५७ को प्रावधान बमोजिम उक्त चलचित्र केन्द्रीय चलचित्र जाँच समितिले मिति २०८० जेठ ३१ गते जाँच गर्दा नेपालको एक राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय वेटीको रुपमा प्रस्तुत भएको संवादमा “भारतकी” शब्दलाई हटाउन लगाई सो पश्चात मात्र चलचित्र जाँच पास प्रमाणपत्र दिई सार्वजनिक प्रदर्शन गर्न अनुमति प्रदान गरिएको हो।

नेपालको सेन्सर बोर्डबाट प्रदर्शन अनुमति प्रदान गर्नु पूर्वनै हटाउन लगाइसकिएको उक्त संवादका सम्बन्धमा पछिल्लो समयमा विभिन्न सञ्चार माध्यम तथा सरोकारवालाहरूबाट जनाईएका आपत्तिका विषयहरूमा समेत मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’’

यसैबीच, काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको संवाद नसच्याएको भन्दै भोलीदेखी कुनै पनि हिन्दी चलचित्र प्रर्दशन हुन नदिने निर्णय गरेको छ । उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म र नसच्याएसम्म महानगर क्षेत्रभित्रका कुनै पनि हलहरुमा भारतीय चलचित्रलाई प्रदर्शन गर्न नदिने उनले घोषणा गरेका हुन् ।

भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट ३ दिन पहिले हटाउन उनले आव्हान गरेका थिए । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको जनाएको छ ।