Sunday, June 15, 2025

२०८२ असार १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विपत् व्यवस्थापन क्षेत्रमा क्रियाशील व्यवसायीलाई एनबिआई बिजनेस रेजिलेन्स अवार्ड प्रदान


विपत् व्यवस्थापन क्षेत्रमा क्रियाशील व्यवसायीलाई एनबिआई बिजनेस रेजिलेन्स अवार्ड प्रदान
 

काठमाडौँ। विपत् व्यवस्थापन क्षेत्रमा क्रियाशील व्यवसायीहरू नेसनल बिजनेस इनिसिएटिभ्स अर्थात् एनबिआई बिजनेस रेजिलेन्स अवार्डबाट सम्मानित भएका छन् । सम्मानित हुनेमा बहुराष्ट्रिय कम्पनी विधामा एनसेल र बोटलर्स नेपाल (तराई) छन् ।

त्यसैगरी, ठूला उद्योग विधामा पञ्चकन्या स्टिल तथा नेपाल डिस्टिलरिज, मझौला उद्योग विधाअन्तर्गत नेपाल डेरी प्रालि र कञ्चनजंघा टी स्टेट एन्ड रिसर्चका साथै सूक्ष्म, घरेलु तथा साना उद्योग विधामा महागुठी र नेपाल नटक्राफ्ट सेन्टर पनि एनबिआई बिजनेस रेजिलेन्स अवार्डबाट सम्मानित भएका हुन् । 

उक्त सम्मान विपत् व्यवस्थापन, जोखिम न्यूनीकरण तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा पुर्‍याएको योगदानस्वरूप प्रदान गरिएको एनबिआईले जनाएको छ । कार्यक्रममा उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले निजी क्षेत्रबाट भएको यो कार्य प्रशंसनीय भएको बताए ।  

विपत् व्यवस्थापनमा थप सजग बनाई देशभित्र र बाहिर गरिँदै आएका सफल प्रयास, चुनौती र सिकाइ आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको एनबिआईका अध्यक्ष कुशकुमार जोशीले बताए ।