Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमका लागि झन्डै ४ अर्ब रुपैयाँ निकासा


स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमका लागि झन्डै ४ अर्ब रुपैयाँ निकासा

काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमका लागि झन्डै ४ अर्ब रुपैयाँ निकासा गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ अर्ब ८४ करोड रुपैयाँ निकासासम्बन्धी निर्णय गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

निकासा भएको रकममा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि ६० करोड र मुटुरोगका बिरामीलाई निःशुल्क उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।