Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रियसभा दुई विधेयक टेबुल


राष्ट्रियसभा दुई विधेयक टेबुल

काठमाडौं, १९ असार । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल भएको छ। राष्ट्रिय सभाको बैठकमा आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० टेबुल भएको हो । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरेका छन्।

जसअन्तर्गत आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि छुट्याइएको बजेटबारे छलफल भइरहेको छ। बैठकमा आज छलफलका लागि तोकिएका मन्त्रालयको बजेट कटौतीको प्रस्ताव पनि प्रस्तुत गरिएको छ।