Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दैनिक हुल बाँधेर आउने जंगली हात्तीले धानबाली नष्ट गर्न थालेपछि कागती खेती सञ्चालन


दैनिक हुल बाँधेर आउने जंगली हात्तीले धानबाली नष्ट गर्न थालेपछि कागती खेती सञ्चालन

काठमाडौं, असोज २। दैनिक हुल बाँधेर आउने जंगली हात्तीले धानबाली नष्ट गर्न थालेपछि वैकल्पिक खेतीका रूपमा कागती खेती सञ्चालन गरेका छन् । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सञ्चानल गरेका हुन् । कम लगानी गर्दा पनि बढी आम्दानी हुने र हात्तीले नष्ट नगर्ने हुँदा कागती खेतीतर्फ किसान आकर्षित भएका हुन् ।

बाहुनडाँगीमा पाँच कठ्ठादेखि तीन बिघा क्षेत्रफलमा धानको साटो व्यावसायिक कागती खेती भइरहेको वडाध्यक्षले बताए । उनका अनुसार वडा ४ मा मात्र व्यावसायिक रूपमा कागती खेती गर्ने किसान २५ भन्दा बढी छन् । उनले विगत चार वर्षअघि किसानलाई निःशुल्क रूपमा कागतीको बिरुवा नै वितरण गरिरहेको बताए ।

आठ वर्षअघि विश्व बैंकको लगानीमा हात्ती रोक्ने विद्युतीय घेराबारा १२ किलोमिटर गर्ने र १२ किलोमिटर कागती रोपेर जैविक फेन्सिङ गर्ने भन्ने योजना थियो वडा ४ मगरडाँडाका स्थानीयले कागती बेचेर वार्षिक २५ लाख रुपैयाँ आम्दानी गरेको बताएका छन्  । धानखेतीबाट भन्दा कागती खेतीबाट प्रतिबिघा पाँच लाख बढी नाफा भएको स्थानीय बताए  ।