Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आर्थिक वर्षको बजेटप्रति प्रतिपक्षी दलका मात्रै नभएर सत्तारुढ दलकै सांसद असन्तुष्ट छन्ः तारामान स्वाँर


आर्थिक वर्षको बजेटप्रति प्रतिपक्षी दलका मात्रै नभएर सत्तारुढ दलकै सांसद असन्तुष्ट छन्ः  तारामान स्वाँर

२६ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटप्रति प्रतिपक्षी दलका मात्रै नभएर सत्तारुढ दलकै सांसद असन्तुष्ट रहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफलको क्रममा सांसद स्वाँरले केही नेता र बिचौलिया मात्रै बजेटप्रति सन्तुष्ट रहेको दाबी गरे ।
सत्तारुढ सांसदको हैसियतले बजेत पारित गर्न बाध्य भएपनि त्यो कार्य खुसीले नहुने सांसद स्वाँरको भनाइ थियो । ‘बजेटप्रति प्रतिपक्षका मात्रै होइन हामी सत्तापक्षका सांसद पनि सन्तुष्ट छैनौं । केही नेता, मन्त्री र बिचौलियाबाहेक सबै असन्तुष्ट छन्,’ उनले भने ’बजेट प्रतिनिधसभामा पारित भइसकेको छ । राष्ट्रिय सभामा पनि हामी सत्तापक्षका सांसदले पारित त गरौंला तर सन्तुष्टिका साथ होइन ।’

बजेटको मन्त्रालयगत विनियोजनबारे छलफलमा उठेका सुझाव सम्बोधन नहुँदा समस्या हुन लागेको सांसद स्वाँरले बताए ।
उनले मन्त्रालयगत विनियोजनबारे निरन्तर छलफलबाट सुझाव दिइरहेका तर त्यसलाई सुन्ने र ग्रहण गर्ने नगरिएको बताए । बजेट निर्माण र पारित गर्ने प्रणालीमा परिमार्जन गर्ने बेला आइसकेको सांसद स्वाँरको भनाइ थियो ।