Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वीरगन्ज महानगरले ३३ बिघा जमिनमा तरकारी खेती गर्ने


वीरगन्ज महानगरले ३३ बिघा जमिनमा तरकारी खेती गर्ने

काठमाडौं । वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३१ लक्ष्मीपुरस्थित प्रयोगविहीन ३३ बिघा ऐलानी जग्गामा सामूहिक तरकारी खेती गर्ने तयारी गरेको छ। महानगरबाट खटिएको जनप्रतिनिधि र कर्मचारीसहितको टोलीले लक्ष्मीपुरमा ३३ बिघा ४ कठ्ठा १० धुर ऐलानी जमिनमा सामूहिक तरकारी खेतीका लागि छुट्ट्याएको छ।

तरकारीबाली पकेट विकास कार्यक्रमअन्तर्गत उक्त जमिनका स्थानीयस्तरमा कृषि समूह गठन गरी तरकारी खेतीका लागि जिम्मा लगाइने महानगरपालिकाको कृषि शाखाका प्रमुख कृषि अधिकृत रोशनी यादवले बताएका छन् । बेरोजगार रहेका स्थानीयलाई कृषि कर्ममा आकर्षित गरी आत्मनिर्भर बनाउन र किसानको आयआर्जन बढाउने उद्देश्यले सामूहिक तरकारी खेती गर्ने तयारी गरेको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए।

तरकारी खेतीका लागि जमिनमा छुट्ट्याउन गएको टोलीमा महानगरको भौतिक संरचना नियन्त्रण समितिका संयोजक प्रदीप चौरसिया, महानगर प्रमुख सिंहको सचिवालय सल्लाहकार हरि पोखरेल, महानगरको आर्थिक विकास महाशाखाका अधिकृत प्रतिज्ञा वैद्य, नगर प्रहरी प्रमुख हरि भुसाल, अमिन देवलाल साह लगायतको सहभागिता थियो।