Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालबाट भारत टमाटर निर्यात गर्दै


नेपालबाट भारत टमाटर निर्यात गर्दै

काठमाडौं, श्रावण २६ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नेपालबाट टमाटर आयात गर्न लागेको बताएकी छन् । समाचार संस्था रोयटर्सका अनुसार भारतीय संसदमा बिहीबार बोल्दै सीतारमणले नेपालबाट टमाटर आयात गर्न लागिएको बताएकी हुन्।

नेपालबाट आयात गरिएको टमाटरको पहिलो लट शुक्रबार बनारस, लखनऊ र कानपुरमा आइपुग्छ, उनले बताएकी छन् । पछिल्ला केही महिनामा भारतमा टमाटरको मूल्य १४ सय प्रतिशतसम्म बढेको छ। बजारमा अत्यधिक मूल्य बढेपछि भारतले माग धान्न नेपालबाट टमाटर लैजान लागेको हो।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले केही समयदेखि नेपाली टमाटर भारत गइरहेको बताए।

टमाटर निर्यात भइरहेको जानकारी छ तर विस्तृत विवरण आइसकेको छैन, उनले भने। भारतमा टमाटरको मूल्य बढेपछि पछिल्लो समय नेपालमा पनि टमाटरको मूल्य ह्वात्तै बढेको छ। बिहीबार कालीमाटी तरकारी बजारमा टमाटरको मूल्य प्रतिकिलो १८० रुपैयाँसम्म छ।