Monday, June 30, 2025

२०८२ असार १६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन, संक्रमण भने बढ्दो क्रममा


लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन, संक्रमण भने बढ्दो क्रममा

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री भुसालले चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका लागि प्रत्येक स्थानीय तहमा संघीय ससर्त अनुदानअन्तर्गत जानेगरी ४७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराएका हुन्।

त्यस्तै महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न ५ करोड ६० लाख रुपैयाँ रकम विनियोजन गरिएको उनले बताए । उनले प्रदेशहरूले पनि खोप खरिदका लागि बजेट विनियोजन गरेका र कतिले विनियोजन गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । मन्त्री भुसालले विगत ५ महिनामा लम्पिस्किन रोगबाट १४ लाख ४६ हजार ४५९ पशु बिरामी परेको बताए ।

त्यसमध्ये १२ लाख ८८ हजार ७५९ निको भएका र ५२ हजार ४४८ पशुको मृत्यु भएको उनले बताए । हाल १ लाख ५ हजार २५३ पशु बिरामी अवस्थामा रहेका कृषिमन्त्री भुसालले जानकारी दिए । उनले हालसम्म जोर्डन, तान्जानिया र टर्कीबाट १३ लाख ६९ हजार डोज भ्याक्सिन ल्याएकोमा ७ लाख ६ हजार ४०० पशुमा भ्याक्सिन लगाइसकिएको उनले बताए ।

लम्पिस्किन रोग नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वयमा काम भइरहेको मन्त्री भुसालको भनाइ छ। आवश्यक प्रचारप्रसारको काम पनि भइरहेको उनले स्पष्ट पारे।