Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

फाल्गुनन्द गोल्डकप फुटबलको उपाधिका लागि मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दै


फाल्गुनन्द गोल्डकप फुटबलको उपाधिका लागि मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दै

काठमाडौं। फाल्गुनन्द गोल्डकप फुटबलको उपाधिका लागि आज मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् । पाँचथरको फिदिममा भइरहेको खेलमा न्यूरोड टीम एनआरटीलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा पुगेको हो ।

यस्तै आयोजक फिदिम स्पोर्टिङ क्लबलाई हराउँदै चर्च ब्वाइज फाइनलमा पुगेको हो । प्रतियोगिताको विजेता टोलीले १० लाख पाँच सय ५५ र उपविजेता टोलीले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । पुस ६ गतेदेखि शुरू भएको प्रतियोगितामा नेपाल र भारतका १० टिम सहभागी थिए ।