Sunday, June 15, 2025

२०८२ असार १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक


मन्त्रिपरिषद्का निर्णय  सार्वजनिक

काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन ।

सरकारले सरकारले काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (दोस्रो)को लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरकी डलर अर्थात् २२ अर्ब ८९ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय सरकारले गरेको छ।

सामान्य प्रक्रियाबाट फर्छ्योट हुन नसकेका बेरुजु फर्छ्योट गर्न भन्दै प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फर्छ्योट समिति गठन गरेको हो। बैठकले समितिको कार्यक्षेत्रसमेत तोकेको छ।