Thursday, October 16, 2025

२०८२ आश्विन ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चार महिनामा ५४ फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत


चार महिनामा ५४ फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत

काठमाडौं । पछिल्लो चार महिनामा ५४ फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन् । साउन पहिलो सातदेखि मंसीर मध्यसम्मको तथ्यांक हेर्दा ती फिल्मले सरकारबाट निर्माण इजाजत लिएका हुन् । यो सूचीमा जनजाति र भाषाभाषीदेखि नेपाली फिचरसम्म छन् ।

प्रमोद अधिकारीको ‘हली’ले निर्माण इजाजत लिएसँगै साउन सुरु भएको देखिन्छ । त्यसपछि क्रमशः तेलभिसा, रावायण, अनागरिक, होलटाइमर, जय नेपाल, रंगेली, जम्प, घरज्वाईं, चमेलीको पोइ, महानगर पुननिर्माण, लाइटर, तिम्रै हुने मन छ, डिङ्जे, पापी मन, सेमेःबा, मोदिबेनी, हब्बा, सट्कट् रातारात मालामालले इजाजत लिएका छन् ।

जिग्री, एल्लो, अवतार, भीमादेवी इन सिड्नी, कोशेढुंगा, परदेशी २ पुननिर्माण, १२ गाउँ, युक्पुङ, राजमहल, ट्विंकल टिकल, पसले, हृदयको यात्रा, पञ्चामृत, थत्थमा, बिहार से काठमाडौं, तिमी भए पुग्छ, जुनूनको अन्त्य, मायाको बदला, ब्रम्हजंगको भिडियो पुननिर्माण, लोकल हिरो, पल्लबी, घर संसारले पनि अनुमति लिएका छन् ।

त्यस्तै रेडअन, छब्बीस करोड, बेहुली, खजुरे ब्रो, टेण्डर, आरवी, यो मन त मेरो हो, दुःखी आत्मा, लाखे आजु, पूजार सार्की, सोफी, सुगुप र गाउँ नै रमाइलोले निर्माण इजाजत लिएका छन् । यीमध्ये कतिपय फिल्मले पुनःनिर्माणको इजाजत लिएको देखिन्छ ।