एजेन्सी । इजरायलले इरानमा आक्रमण गरेपछि तेलको मूल्य बढेको छ । आक्रमण गर्ने घोषणा गरेदेखि नै तेलको मूल्य बढको हो । आज बिहान इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण गरेपछि विभिन्न कम्पनीले १० प्रतिशतभन्दा धेरैले तेलको मूल्य बढाएका बीबीसीले जनाएको छ ।
व्यापारीहरूले इरान र इजरायल बीचको द्वन्द्वले इरानी तेल आपूर्तिलाई बाधा पु¥याउन सक्ने भन्दे चिन्ता व्यक्त गरेका छन् । कच्चा तेलको मूल्यमा भएको वृद्धिले खाद्यान्नको मूल्यदेखि गाडीको इन्धनको लागतसम्म सबै कुरालाई असर गर्छ । इजरायलले इरानमा आज बिहानदेखि लगातार आक्रमण गरिरहेको छ । आक्रमणपछि इरानको राजधानी तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द गरिएको छ ।