Thursday, June 12, 2025

२०८२ जेष्ठ ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एफआईआरको वार्षिक बैठक तथा वार्षिक सम्मेलन स्थगित


एफआईआरको वार्षिक बैठक तथा वार्षिक सम्मेलन स्थगित

काठमाडौँ ।  नेपाल बिमा प्राधिकरणको आयोजनामा मिति २०८१ साल असोज २१ गतेदेखि २३ गते (अक्टुबर ७ देखि ९, २०२४)सम्म काठमाडौंमा आयोजना गर्न तय भएको ‘एसियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर्स (एफआईआर) को वार्षिक बैठक तथा वार्षिक सम्मेलन हाललाई स्थगित गरिएको छ ।

हालैको अविरल वर्षाका कारण नेपालका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट असहज अवस्था सिर्जना भएकाले निर्धारित मितिमा बैठक तथा सम्मेलन गर्न असहज हुने भनी एफआईआरको सचिवालयबाट हाललाई कार्यक्रमहरू स्थगित गर्न अनुरोध भएको हुँदा विदेशी पाहुनाहरूको सुविधा समेतलाई ध्यानमा राखी उक्त सचिवालयसागको समन्वयमा

अर्को मिति तोक्ने गरी हाललाई कार्यक्रमहरू स्थगित गरिएको प्राधिकरणले जनाएको छ । तर, असोज २३ का लागि तय भएको एफआईआरको वार्षिक साधारण सभाको भर्चुअल माध्यमबाट हुने सत्र भने सोही मितिमा नै संचालन प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।