Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्सेमा सोनापुरको नकारात्मक सर्किट


नेप्सेमा सोनापुरको नकारात्मक सर्किट

काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको दोस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ । सोमबार प्रतिकित्ता ३१५ रुपैयाँबाट खुलेको कम्पनीको मूल्य १० प्रतिशत घटेर २८३ रुपैयाँ ५० पैसामा कायम भएको छ ।

यसअघि पहिलो दिन आइतबार ३५० रुपैयाँबाट कारोबार खुलेको कम्पनीको मूल्य १० प्रतिशत नै घटेर ३१५ रुपैयाँमा झरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएको दुई दिन लगातार नकारात्मक सर्किट लागेको हो । २ असोजमा नेप्सेमा सुचीकृत भएको कम्पनीको सेयर दोस्रो बजारमा पहिलो कारोबारको लागि १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसासम्म ओपनिङ रेञ्ज तोकिएको थियो ।