Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लमजुङ जिल्ला कारागारका कैदी–थुनुवाबीच झडप


लमजुङ जिल्ला कारागारका कैदी–थुनुवाबीच झडप

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरस्थित जिल्ला कारागारका कैदी–थुनुवाबीच झडप भएको छ । प्रहरीका अनुसार शनिबार राति ७ बजेतिर कैदी–थुनुवाको दुई पक्षबीच झडप भएको हो । चौकीदार र झडपमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा लगिएको जिल्ला प्रहरीले जनाएको छ ।

झडपमा संलग्न कैदीहरु अमल घले, श्रीकृष्ण चिलुवाल र देव गुरुङ साथै थुनुवाहरु मौलादिन मिया र तेज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीको थुनुवा कक्षमा लगिएको छ । यस्तै, चौकीदार खुसीराम मग्रातीलाई पनि नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याएको छ ।

झडपमा संलग्नलाई छुट्याउने क्रममा कैदीहरु चिजकुमार श्रेष्ठ, सन्दीप श्रेष्ठ र दीपक सुनार घाइते भएका छन् । उनीहरुको हातहरुमा सामान्य चोट लागेको र कारागारभित्रै उपचार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कैदी–थुनुवाबीच चौकीदारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै एक अर्काप्रति आरोप–प्रत्यारोप हुँदा झगडा भएको बुझिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।