Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रतिवेदनले दोषी देखाएका मन्त्रीलाई सरकारले किन बर्खास्त गर्दैन ? सिपाहीलाई डण्डा र मन्त्रीलाई झण्डा स्वीकार्य छैन:महेश बर्ताैला [भिडिओ सहित]


प्रतिवेदनले दोषी देखाएका मन्त्रीलाई सरकारले किन बर्खास्त गर्दैन ? सिपाहीलाई डण्डा र मन्त्रीलाई झण्डा स्वीकार्य  छैन:महेश बर्ताैला [भिडिओ सहित]

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले ललितपुरको बालकुमारी घटनाको प्रतिवेदनले भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएकाले तत्काल बर्खास्त गर्न माग गरेको छ  । गत पुस १३ गते भएको  घटनामा सरकारका मन्त्री नै दोषी रहेको कुरा छानविन आयोगले भनिसकेको अवस्थामा दोषीलाई मन्त्री पदमा राख्न नमिल्ने तर्क गरेको हो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधामन्त्रीसँग सवाल जवाफ कार्यक्रम रहेकोमा एमाले सांसदहरूले उठेर बैठकको कारबाही रोकेपछि सभामुखले एमालेका सचेतक महेश बर्तौलालाई समय दिएका थिए ।

बर्तौलाले सरकारले गठन गरेको आयोगले नै दोषी भनेका मन्त्रीलाई जोगाएर सिपाहीलाई कारबाही गर्ने कुरा एमालेलाई स्वीकार्य नरहेको भन्दै तत्काल मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरे । उनले घटनामा गृहमन्त्री पनि दोषी रहेको भन्दै सिपाहीलाई डण्डा र मन्त्रीलाई झण्डा स्वीकार्य नहुने बताए ।