Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राजस्व परिचालन ६ खर्ब ५६ अर्ब बढी


राजस्व परिचालन ६ खर्ब ५६ अर्ब बढी

काठमाडौं। आर्थिक वर्ष २०७९/८० को दश महिनामा संघीय सरकारको कुल खर्च १० खर्ब ४७ अर्ब ७६ करोड भएको छ । समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः ७ खर्ब ८६ अर्ब ७४ करोड, १ खर्ब २५ अर्ब ६८ करोड र १ खर्ब ३५ अर्ब ३४ करोड रहेको छ ।

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७ खर्ब ५६ अर्ब २५ करोड भएको छ । समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ ६ खर्ब ८४ अर्ब ६३ करोड र गैर कर राजस्व तर्फ ७१ अर्ब ६२ करोड रुपैयाँ परिचालन भएको छ