Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक ७५.२४ अंकको बृद्धि, करिब १४ अर्ब २५ करोड रुपैयाँबराबरको सेयर कारोबार


नेप्से परिसूचक ७५.२४ अंकको बृद्धि, करिब १४ अर्ब २५ करोड रुपैयाँबराबरको सेयर कारोबार

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ७५.२४ अंकले बढेर २ हजार ८ सय ९०.२८ बिन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो २.६७ प्रतिशतले बढेको हो ।

गत बिहीबार ४९ अंकले बढेको नेप्सेले आइतबार पनि सोही प्रवृत्ति दोहोर्‍याएको हो । उक्त दिन कारोबारमा आएकामध्ये १९६ वटा कम्पनीको सेयरमूल्य बढ्यो, ४४ वटाको घट्यो भने बाँकी ४ वटा कम्पनीको स्थिर रह्यो ।

१ लाख ३९ हजार ५ सय ९६ पटकको कारोबारमा २ करोड ९१ लाख ६६ हजार ६ सय ५६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब १४ अर्ब २५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । आइतबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से उच्च अंकले बढेको हो ।