Friday, June 20, 2025

२०८२ असार ६, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

सरकारलाई प्रश्न जनताको दसैं यसपालि कसरी टर्छःरघुजी पन्त [भिडिओ]


सरकारलाई प्रश्न जनताको दसैं यसपालि कसरी टर्छःरघुजी पन्त [भिडिओ]

काठमाडौं, प्रतिनिधिसभा बैठकमा नेकपा एमाले सांसद रघुजी पन्तले चाडपर्व नजिकिएसँगै महँगीका बीच जनताले दसैं मनाउन बाध्य रहेको भन्दै सरकारलाई प्रश्न गरेका छन्। सरकार, जनताको दसैं यसपालि कसरी टर्छ शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीद्वारा चाडपर्व नजिकिएसँगै बजारमा बढ्दो महँगीका बीचमा जनताले कसरी यसपालिको दसैं कसरी मनाउछन्, भन्दै सरकारलाई प्रश्न गरेका हुन्।

उनले चाडपर्व नजिएसँगै जनताले दसैं मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान नगएको भन्दै महँगी नियन्त्रण गर्न माग गरे। उनले बजारमा एक बोरा चामललाई समेत ३ हजार र दाल किलोको २५० रुपैयाँ पुगेको बताएका छन्। उनले सरकारले दसैं पेश्कीको रुपमा जनतालाई महँगी दिएको भन्दै कविताद्वारा व्यंग्य गरे।

त्यस्तै, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दसैंमा गाउँघरमा जाने विद्यार्थीहरुको लागि सरकारी र संस्थानका सवारीहरुको प्रयोग गर्ने गरी प्रबन्ध मिलाउन सरकारसँग माग गरे। उनले सरकारले गत आर्थिक वर्षमा लगाएका ठेक्का सम्झौता भएर चालू अवस्थामा रहेका परियोजना भुक्तानी गर्न आग्रह गरे।

उनले वर्षातको कारणले बिग्रिएका गाउँ–गाउँमा पुग्ने ग्रामिन क्षेत्रका सडकहरुलाई मर्मतको लागि संघीय सरकारले बजेटको प्रबन्ध मिलाएर प्रदेश र स्थानीय सरकारले कार्यान्वयन गर्ने वातावरण मिलाउन माग पनि गरेका छन्।