काठमाडौं । अर्थ मन्त्रालयले एकसाथ ६८ उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले ती उपसचिवको सरुवा तथा पदस्थापन गरेको जानकारी गराएको छ ।
ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत विमल सापकोटा अर्थ मन्त्रालय आएका छन् ।
मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख कर अधिकृत जीवनाथ ढकाल समेत मन्त्रालयमा आएका छन् । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत राजुप्रसाद प्याकुरेल समेत अर्थमा आएका छन् ।