Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एमालेद्वारा आज पनि संसद् अवरोध


एमालेद्वारा आज पनि संसद् अवरोध

काठमाडौँ । सरकारले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक पुस्तिका उपलब्ध नगराइएको भन्दै एमालेद्वारा संसद् अवरोध गरेको छ ।

बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक उल्लेखित पुस्तिका उपलब्ध नगराइएको भन्दै त्यो पुस्तिका उपलब्ध नभएसम्म बैठक बस्न नदिने अडान लिएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरे ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल चलिरहेको छ । तर, शुक्रबारसम्म पनि सरकारले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक समेटिएको पुस्तिका उपलब्ध गराएको छैन ।