Thursday, October 16, 2025

२०८२ आश्विन ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कालिमाटी तरकारी बजारले तोक्यो मूल्य, घट्यो गोलभेडाको भाउ


कालिमाटी तरकारी बजारले तोक्यो मूल्य, घट्यो गोलभेडाको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सार्वजनिक गर्दै गोलभेडाको सबैभन्दा बढी मूल्य घटाएको छ ।


मूल्यसूची अनुसार आज सानो गोलभेडा (लोकल)को मूल्य सबैभन्दा सस्तो ६ रुपैयाँ ४० पैसा तोकिएको छ भने किवि सबैभन्दा महङ्गो प्रतिकेजी ६५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, कालीमाटीमा प्रतिकेजी ६ रुपैयाँ ४० पैसादेखि ५५० रुपैयाँसम्मका फलफूल र तरकारी पाइने भएको छ । एभोकाडो प्रतिकेजी ५५० रुपैयाँ रहेको छ भने गोलभेडा (नेपाली), लाम्चो भन्टा, घिरौला, चिचिण्डो र लाम्चो फर्सी प्रतिकेजी ३५ रुपैयाँ, गोलभेडा (भारतीय), तने बोडी, हाइब्रीड घिउ सिमी, तितो करेला र भेडे खुर्सानी ४५ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सेतो आलु ३२ रुपैयाँ ३३ पैसा तोकिएको छ ।


यसैगरी, लोकल गाँजर ११५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, स्थानीय काउली ५५ रुपैयाँ, मकै बोडी ४६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९० रुपैयाँमा किनबेच हुनेछ भने टाटे सिमी १३६ रुपैयाँ ६७ पैसा, परवल र भिण्डी प्रतिकेजी ५५ रुपैयाँ, रायोको साग ४६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।