Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारतमा हिमपहिरो जाँदा फसेकामध्ये चार जना मजदुरको ज्यान गर्यो


भारतमा हिमपहिरो जाँदा फसेकामध्ये चार जना मजदुरको ज्यान गर्यो

काठमाडौं ।  भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा फसेकामध्ये चार जना मजदुरको ज्यान गएको छ । हिमपहिरोमा फसेका ५५ मध्ये ५० जनाको उद्धार भएको चमोलीका जिल्ला अधिकारी सन्दीप तिवारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

हिजो दिउँसो बद्रीनाथ धामको नजिक मनामा हिमपहिरो गएको थियो । सीमा सडक सङ्गठन (बीआरओ) को सडक निर्माणमा खटिएका मजदूर हिमपहिरोमा फसेका हुन् ।

हिमपातका कारण उद्धार कार्यमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन् । फसेका मानिसहरुलाई निकाल्न छ वटा हेलीकप्टर प्रयोग भएका छन् । एक जनाको खोजी भइरहेको भारतीय सेनाले जनाएको छ ।