Sunday, August 17, 2025

२०८२ भाद्र १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घट्यो लोकल गोलभेडाको मूल्य


घट्यो लोकल गोलभेडाको मूल्य

कठमाडौं, भदौ ३ । कालिमाटी फलफुल तथा तरकारी बजारमा लोकल गोलभेडाको मूल्य घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारको तुलनामा गोलभेडाको मूल्य घटेको बताए। समितिले आफ्नो वेभसाइटमार्फत आज सानो गोलभेडा लोकलको थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ रहेको बताएको छ।

शनिबार यो गोलभेडाको मूल्य प्रतिकिलो ८२ रुपैयाँ थियो । यस्तै, ठूलो गोलभेडाको मूल्य भने प्रतिकिलो ३ रुपैयाँ बढेको छ। यससँगै, आज ठूलो गोलभेडाको मूल्य प्रतिकिलो १५० रुपैयाँ पुगेको छ । यस्तै, आज रातो आलुको मूल्य प्रतिकिलो ५१ रुपैयाँ, सुकेको भारतीय प्याजको मूल्य प्रतिकिलो ६१ रुपैयाँ छ ।

यसबाहेक गाजरको मूल्य प्रतिकिलो ११५ रुपैयाँ र बन्दाको मूल्य ४५ रुपैयाँ, काउलीको मूल्य ७५ रुपैयाँ छ । यसबाहेक, सेतो मुलाको ७५ रुपैयाँ छ भने डल्लो भन्टाको थोक मूल्य ६५ रुपैयाँ प्रतितोला छ ।