Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एमसीसीअन्तर्गतका निश्चित केहि आयोजना अघि बढाउन अमेरिकाको अनुमति


एमसीसीअन्तर्गतका निश्चित केहि आयोजना अघि बढाउन अमेरिकाको अनुमति

काठमाडौं । अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको छ । यस अघि फेब्रुअरी २४ तारिखमा समीक्षाका लागि भन्दै ९० दिनका लागि स्थगित गरेको जनाएकोमा केही कार्यक्रम अघि बढाउन अनुमति आएको एमसीए नेपालले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

यसअघि अमेरिकाले स्थगित गरेका कारण नेपालले प्राप्त गरेको अहिलेसम्मकै ठूलो वैदेशिक सहयोगको भविष्यमाथि प्रश्न उठेको थियो । तर अहिलेको अनुमतिले पनि ट्रम्प प्रशासनले गर्ने अन्तिम निर्णयप्रति सङ्केत नगर्ने एमसीए नेपालको सूचनामा उल्लेख छ ।

विज्ञप्तिमा एमसीए नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको र पारदर्शिताप्रति प्रतिबद्ध रहेको उल्लेख छ । एमसीसीअन्तर्गत विद्युत् प्रसारण लाइनको निर्माण र सडकको स्तरोन्नतिका लागि नेपाललाई अमेरिकाले पाँच सय ५० मिलियन अमेरिकी डलर अर्थात् झन्डै पौने ७६ अर्ब रुपैयाँ अनुदान दिने प्रतिवद्धता जनाएको थियो ।

ती परियोजनामा नेपाल सरकारले एक सय ९७ मिलिअन अमेरिकी डलर लगानी गर्ने निर्णय गरेको छ । सन् २०२२ मा नेपालको प्रतिनिधिसभाले अनुमोदन गरेर त्यसको झन्डै डेढ वर्षपछि कार्यान्वयन शुरु भएको आयोजना नेपालमा ठूलो राजनीतिक विवाद ल्याएको आयोजना पनि हो ।