Sunday, August 17, 2025

२०८२ भाद्र १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वैदेशिक रोजगारीमा रहेकालाई मिड सोलु हाइड्रोपावरको सेयर बाँडफाँट


वैदेशिक रोजगारीमा रहेकालाई मिड सोलु हाइड्रोपावरको सेयर बाँडफाँट

काठमाडौं, भदौ ७। एनआइसी एसिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा मिड सोलु हाइड्रोपावर लिमिटेडको जारी पूँजीको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई बाँडफाँट गरेएको छ ।

वैदेशिक रोजगारीमा रहेकालाई ७ करोड ४८ लाख ४० हजार रुपैयाँ रकमब राबरको १ सय रुपैयाँ अंकित दरका ७ लाख ४८ हजार ४ सय कित्ता सेयर बाँडफाँट गरिएको हो । जम्मा ३१ हजार ५ सय २२ जना आवेदकबाट ७ लाख ४ हजार दुई सय कित्ता सेयरका लागि आवेदन परेको क्यापिटलले बताएको छ ।

जसमध्ये एक हजार आठ सय ६७ जना आवेदकको ५८ हजार ६ सय ४० कित्ताका लागि भएको आवेदन विभिन्न कारणले रद्द भएको बताइएको छ । कुल २९ हजार ६ सय ५५ जना आवेदक बाट प्राप्त ६ लाख ४५ हजार ५ सय ६० कित्ता सेयर खरिदका लागि अन्तिम आवेदन प्राप्त भएको उल्लेख छ । जसमध्ये गोला प्रथामार्फत कुल सात हजार चार सय ८४ आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट भएको क्यापिटलले बताएको छ ।