Thursday, October 16, 2025

२०८२ आश्विन ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालमा तेस्रो ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’ का लागि विश्व बैंकको १५ करोड अमेरिकी डलर


नेपालमा तेस्रो ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’ का लागि विश्व बैंकको १५ करोड अमेरिकी डलर

काठमाडौं । नेपालमा तेस्रो ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’ का लागि विश्व बैंकले १५ करोड अमेरिकी डलर (साढे २० अर्ब रुपैयाँ हाराहारी) सहायता स्वीकृत गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड डलर बराबरको प्याकेज अनुमोदन गरेको बैंकले जनाएको छ । पुल मर्मत तथा स्तरोन्नतिका माध्यमबाट नेपालको विविध चूनौतीपूर्ण भेगमा सुरक्षित र निर्वाध सम्पर्क स्थापित गर्ने विश्व बैंकले जनाएको छ । यो कार्यक्रम सडक विभागबाट कार्यान्वयन हुने समेत जनाइएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले यस कार्यक्रमले नेपालको दीगो विकासमा सहयोग पुग्ने  बताए ।