Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाली प्रयोगकर्ताका लागि सुपथ मूल्यमा उपलब्ध हुँदै रेडमी–१०

यो अफर जेठ १७ सम्मका लागि मात्र लागू हुने


नेपाली प्रयोगकर्ताका लागि सुपथ मूल्यमा उपलब्ध हुँदै रेडमी–१०

चाईनिज कम्पनी शाओमीले रेडमी–१० २०२२ मोबाईल नेपाली प्रयोगकर्ताका लागि सुपथ मूल्यमा उपलब्ध गराउने भएको छ ।


केही छुट मूल्यमा गुणस्तरीय फोन प्रदान गर्ने उद्देश्यले उपभोक्ताहरुलाई रेडमी–१० २०२२ मा अफर स्वरुप मूल्य घटाएको शाओमीले जनाएको छ ।


शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडाका अनुसार ग्राहकले सुपथ मूल्यमा गुणस्तर स्मार्टफोन चाहेकाले यस अफरबाट सो चाहना पूरा हुने र नेपाली ग्राहकहरुका लागि पनि यो एक सुनौलो अवसर हुने साथै यसले ग्राहकलाई सहज रुपले कार्यसम्पादनमा सुविधा पूरा गर्नेछ ।


पछिल्लो समय अरु भन्दा रेडमी स्मार्टफोनमा बलियो सुविधाहरु भएकाले यसप्रति प्रयोगकर्ताहरुको आकर्षण बढ्दो छ । ६.५ इन्चको एफएचडी+ डिस्प्ले रहेको यस स्मार्ट फोनमा प्रयोगकर्ताहरूले गेम, भिडियो र मल्टिमिडिया सामग्रीका लागि इमर्सिभ एक्सपेरिऐक्स अनुभव लिन सकिन्छ । शक्तिशाली मिडिया टेक हिलिओ जी८८ प्रोसेसरद्वारा सञ्चालित, रेडमी १० २०२२ ले मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दै सहज र ल्याग–रहित प्रदर्शन प्रदान गर्दछ ।


यो अफर भने जेठ १७ सम्मका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।