काठमाडौं । उपभोक्तासँग बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री गर्ने बिक्रतालाई उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले मंथलीस्थित लक्ष्मी आयल स्टोर्सलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षले सञ्चालन गरेको लक्ष्मी आयलले नेपाल आयल निगमले पछिल्लोपटक गरेको मूल्य समायोजनविपरीत बिक्रीवितरण गरेको थियो ।
सोबारे जिल्ला प्रशासनमा लिखित उजुरी परेपछि उपभोक्ता संरक्षण विभाग रामेछापका निरीक्षण अधिकृत एवं रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुुगमन टोलीले आयल स्टोर्सलाई जरिवाना गरेको हो । आयल निगमले ३ जेठमा गरेको मूल्य समायोजनविपरीत थप मूल्य लिई पेट्रोलियम पदार्थ बिक्रीवितरण गरेको पाइएपछि उपभोक्ताको हकहित संरक्षणअनुसार जरिवाना गरिएको उपभोक्ता संरक्षण विभागलाई रामेछापका निरीक्षण अधिकृतले
जानकारी दिए ।