Thursday, June 19, 2025

२०८२ असार ५, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

स्टार्टअप कर्जाः१८६ वटा उद्योगलाई छनोट


स्टार्टअप कर्जाः१८६ वटा उद्योगलाई छनोट

काठमाडौं, १२ जेठ । उद्योग विभागले स्टार्टअप कर्जाको दोस्रो चरणको मूल्यांकनका लागि १८६ वटा उद्योगलाई छनोट गरेको छ । मूल्याकंन प्रक्रियाबाट छनोट हुने उद्योगलाई मात्र कर्जाका लागि राष्ट्र बैंक समक्ष सिफारिस गर्ने विभागले जनाएको छ । विभागले चैत १६ गते कर्जा लिन इच्छुक स्टार्टअप उद्यम गर्ने उद्यमीलाई परियोजना प्रस्ताव पेस गर्न २१ दिने सूचना जारी गरेको थियो ।

उक्त अवधिमा ४०५ वटा उद्यमीले परियोजना प्रस्ताव पेस गरेका थिए । विभागले एकल लगानी भएको, सात वर्ष नाघेको, प्राइभेट फर्म, सूचना पश्चात साझेदारी फर्म भएको, पालिकामा एकल व्यवसाय दर्ता देखिएका २१९ वटा उद्योगलाई पहिलो चरणको मूल्याकंन प्रकृयाबाट हटाएको जनाएको छ ।

स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ अनुसार कम्पनीको चुक्ता पुँजी ५० लाखभन्दा बढी नभएको, उद्यमको कुल आय ५० लाख भन्दा बढी नभएको, स्थिर पुँजी घररजग्गाको मूल्य बाहेक ३ करोडभन्दा बढी नभएकोलगायत मापदण्डहरु तोकेको थियो ।

त्यस्तै उद्यममा पूर्णकालीन कामदारको संख्या १० भन्दा बढी नभएको, कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण प्रक्रियामा उपभोक्ताले भोग्दै आएको समस्यालाई समाधान गर्न सूचना प्रविधिको उपयोग एवम् सिर्जनशील सोचको प्रयोग भएकाले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । कार्यविधिअनुसार सहुलियत पूर्ण कर्जा अधिकतम २५ लाख रुपैयाँ हुनेछ, भने सोका लागि परियोजना धितो हुनेछ ।