Saturday, June 14, 2025

२०८२ जेष्ठ ३२, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

व्यापारिक उछाल पाएको एनभिडिया


व्यापारिक उछाल पाएको एनभिडिया

एजेन्सी । सन् २०१६ मा ७० बिलियन अमेरिकी डलरको आसपास रहेको भिडियो गेम कम्प्युटरको चिप निर्माता कम्पनी एनभिडियाको कुल बजार मूल्य २०२३ मा आइपुग्दा आकासिएर १ ट्रिलियन डलर आसपास पुगेको छ ।

गएका केही वर्ष सिलिकन भ्याली र अन्य क्षेत्रका ठूला टेक कम्पनीहरू आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईमा आधारित प्रविधि र प्लाटफर्महरूको निर्माण दौडमा लागेपछि परम्परागत रूपमा व्यावसायिक हेडलाइनमा खासै नरहने यो कम्पनी चर्चामा छ ।

सन् २०१६ यता सो कम्पनीको सेयरमा १०००% ले वृद्धि भएको छ भने कम्पनीको आम्दानीमा पनि झन्डै ५००% को उछाल आएको छ । कम्पनीले गएको साता मात्र आफ्नो सेयर मूल्य २४% ले बढेको तथ्य सार्वजनिक गरेको थियो र यो कम्पनीको अहिलेको कुल मूल्य ९४० बिलियन डलर पुगेको छ ।

यो प्रगति कति ठूलो हो भने एनभिडियाको अहिलेको कुल बजार मूल्य टेस्ला, मेटा (फेसबुक), अलिबाबा भन्दा बढी छ र यो कम्पनीभन्दा ठूलो मूल्यमा एप्पल, माइक्रोसफ्ट, अमेजन, अल्फाबेटजस्ता कम्पनीहरू मात्रै छन् ।

सन् १९९३ मा ३ जना इन्जिनियरहरूले समय क्रममा कम्प्युटरहरुलाई जटिल किसिमका ग्राफिक्स प्रोसेस गर्न सक्ने बनाउनुपर्छ भन्ने भिजनका साथ सुरू गरेको यो कम्पनीले पहिलो सफलता सन् २००० पछि माइक्रोसफ्टको एक्सबक्स गेमिङ कन्सोल बनाउने अवसर पाएपछि सुरू भएको थियो ।