Thursday, October 16, 2025

२०८२ आश्विन ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बारामा ‘कृषि एक्स्पो गढीमाई–२०८१’ हुने


बारामा ‘कृषि एक्स्पो गढीमाई–२०८१’ हुने

बारा । बारामा ‘कृषि एक्स्पो गढीमाई–२०८१’ हुने भएको छ । प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला भर्न आउने भक्तजन र उर्वर भूमि तराईमा खेती गर्दै आएका किसानलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियन्ता जमघट गराउन एक्स्पो आयोजना हुन लागेको हो ।

कनेक्ट किसानको आयोजनामा १८ देखि २४ मंसिरसम्म चल्ने एक्स्पो २ लाखभन्दा बढीले अवलोकन गर्ने र ५ करोड रुपैयाँभन्दा धेरैको आर्थिक कारोबार हुने लक्ष्य लिइएको मेला संयोजक सञ्चिता लामिछानेले बताइन् ।

आयोजकका अनुसार एक्स्पोमा १ सय ५० भन्दा बढी स्टलरु रहने छ, भने अवलोकनकर्ताले कृषिमा भित्रिएको नवीन प्रविधिदेखि मल, बीउ, परामर्श सबै एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् । एक्स्पोको प्रमुख आर्कषणमा कृषि सेमिनार छ, जहाँ किसानले विज्ञसँग निःशुल्क परामर्श लिनुका साथै भलाकुसारी गर्ने अवसर समेत पाउने लामिछानेले जानकारी दिइन् ।


त्यसैगरी एक्सपो सफल बनाउन प्रवर्द्धक र साझेदारको भूमिकामा कृषि सूचना तथा प्रशिक्षण केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि औजार अनुसन्धान केन्द्र, कृषि अनुसन्धान निर्देशनालय, राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र, कृषि उद्यम केन्द्र तथा अन्य संघसंस्था छन् ।

एक्स्पोमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसी पालन, डेरी लगायत कृषि विधामा नवीन औजार, उपकरण, केरा खेती, थोपा सिँचाइ, विषादी रहित कृषिबारे जानकारी प्राप्त गर्न सकिने छ ।