Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्राथमिक शेयर निष्कासनको लागि चाहिने कागजात विद्युतीय माध्यमबाट समेत दिन सकिने


प्राथमिक शेयर निष्कासनको लागि चाहिने कागजात विद्युतीय माध्यमबाट समेत दिन सकिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर निष्कासनको लागि चाहिने कागजात विद्युतीय माध्यमबाट समेत दिन सकिने व्यवस्था गरेको छ। धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन सातौँ संशोधन नियमावली, २०८० मा व्यवस्था गर्दै बोर्डले उक्त व्यवस्था गरेको हो। बोर्डले साबिकको नियमावलीको नियम ४७ मा ४७ क थप गर्दै उक्त व्यवस्था गरेको हो।

“विद्युतीय माध्यमबाट पेश गर्न सक्ने सङ्गठित संस्थाले बोर्डमा धितोपत्र निष्कासन सम्बन्धी कागजात तथा विवरण बोर्डले तोकेको विद्युतीय माध्यमबाट समेत पेस गर्न सक्ने छ” संशोधित नियमावलीमा उल्लेख छ। यसअघि कुनै पनि कम्पनीले शेयर निष्कासन गर्नु पूर्व गर्नु पर्ने सबै प्रक्रिया भौतिक हुने गरेको थियो।

कागजी रूपमै लिखित निवेदन लिएर बोर्ड पुग्नु पर्ने हुन्थ्यो। तर अब विद्युतीय माध्यबाट गरिएपछि बोर्डको कार्यालय पुगि राख्नु पर्ने छैन। कार्यालय बाटै निवेदन दिन सक्ने छन्। तर विद्युतीय माध्यम भने बोर्डले तोकेकै प्रयोग गर्नु पर्ने छ। बोर्डले यसअघि नै प्राथमिक निष्कासन छोट्टाउने योजनामा काम गरिरहेको थियो।

नियमावलीमै लेखिएर आएपछि प्रविधिको समेत प्रयोग गरी थप छोटो निष्कासन अनुमति दिन बोर्ड सक्षम हुने छ। तर बोर्डले तोकेको प्रविधि भने के कस्तो हुने भन्ने विषयमा भने केही खुलाइएको छैन।