काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा ६ लाख ८५ हजार भन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । २०८१ साउनदेखि २०८२ को वैशाख मसान्तसम्ममा ६ लाख ८५ हजार ९२४ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।
वैदेशिक रोजगार विभागको विवरण अनुसार एक लाख आठ हजार ४०२ जना नेपालीले व्यक्तिगत श्रम स्वीकृतिमार्फत बिदेसिएका छन् । त्यस्तै दुई लाख ८६ हजार ९४१ जना श्रमिक म्यानपावर मार्फत श्रम स्वीकृति लिएर बिदेसिएका छन् ।
त्यस्तै दुई लाख ८० हजार ३१८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने १० हजार २६३ जना जी टु जी मार्फत बिदेसिएका छन् । तीमध्ये ६ लाख ८ हजार ८३९ पुरुष र ७७ हजार ८५ जना महिला रहेका छन् ।