Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ऊर्जा समस्याको दीर्घकालीन समाधान हुन्छः निर्देशक घिसिङ


ऊर्जा समस्याको दीर्घकालीन समाधान हुन्छः निर्देशक घिसिङ

बाँके । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हुलाकी राजमार्गको छेउ हुँदै २२० केभी प्रसारण लाइन नेपालगन्जमा ल्याई यहाँको ऊर्जा समस्याको दीर्घकालीन समाधान गर्न पहल भइरहेको जानकारी दिए ।

क्रियटिभ ह्यान्ड्स र नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरको सहकार्यमा बिहीबार आयोजित ‘नेपालगन्ज कन्क्लेभ’को देशले गर्छ विद्युत् निर्यात, नेपालगन्जले भोग्छ ऊर्जा सङ्कट सत्रमा बोल्दै घिसिङले प्राधिकरणले नेपालगन्जको ऊर्जा समस्यालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

‘हुलाकी राजमार्गको छेउ हुँदै २२० केभी ट्रान्समिसन लाइन नेपालगन्ज ल्याउने डिटेल डिजाइन पूरा भइसकेको छ। यो लाइन बनेपछि यहाँको धेरै समस्या समाधान हुनेछ,’ घिसिङले भन्नुभयो। साथै, नेपालगन्ज नजिक विद्युत् उत्पादन केन्द्र नभएका कारण समस्या थपिएको पनि बताए ।