Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एभरेष्ट बैंकको वित्तिय अगुवाइमा कजरिया टायल्सले नेपालमै उत्पादन गर्ने


एभरेष्ट बैंकको वित्तिय अगुवाइमा कजरिया टायल्सले नेपालमै उत्पादन गर्ने

काठमाडौं, एभरेष्ट बैंक लिमिटेडको अगुवाईमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सह वित्तियकरण अन्तर्गत सहभागी बैंकहरु बिच वित्तिय सहजिकरण गर्ने कार्य सम्पन्न भएको छ। अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश कर्पका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सो कार्यक्रममा सह–वित्तियकरणका अन्य सदस्य बैंकहरु नबिल बैंक, नेपाल एसबिआई बैंक र प्रभु बैंकका उच्च पदस्थ अधिकारीहरु समेत उपस्थित थिए।

नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत ४०० करोड मध्ये सह–वित्तियकरण अन्तर्गत ३०० करोड लगानी रहनेछ। विश्वको ७औं ठूलो टायल्स उत्पादन कम्पनी कजरिया सेरामिक्स भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरु प्रयोग गरी गुणस्तिरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरु अन्तराष्ट्रिय मापदण्ड बमोजिम गुणस्तिरीय हुने बताएको छ। मार्च २०२४ बाट शुरुवात हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गरेको छ।