एजेन्सी । चीनले वृद्धवृद्धाको हेरचाह र सामाजिक सहायतामा कृत्रिम बौद्धिकता अर्थात -एआई र ठूलो बिग डाटाको प्रयोग गर्ने भएको छ । कम जन्मदर र घट्दो श्रमशक्तिसँग जुधिरहेका बेला चीनले नयाँ प्रविधिको व्यापक प्रयोग गर्ने तयारी गरेको हो ।
नागरिक मामिला मन्त्री लु झियानले सामाजिक सहायता, वृद्धवृद्धाको हेरचाह सेवा र अशक्तहरूका लागि सेवाहरूको क्षेत्रमा ठूलो बिग डाटा र एआईजस्ता नयाँ प्रविधिको प्रयोगलाई तीव्रता दिने बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सन् २०२४ मा चीनको जनसङ्ख्या लगातार तेस्रो वर्ष घटेको छ र त्यहाँ ६० वर्ष वा त्योभन्दा बढी उमेरका ३१ करोडभन्दा धेरै मानिस रहेका छन् । श्रमशक्ति खुम्चिँदै जाँदा भविष्यको आर्थिक वृद्धिका लागि प्रविधिको प्रयोग महत्त्वपूर्ण ठानिएको छ ।