Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कमजोर भएका सार्वजनिक संस्थानलाई निजी क्षेत्रदेखि सञ्चालनगर्नेःमहत


कमजोर भएका सार्वजनिक संस्थानलाई निजी क्षेत्रदेखि सञ्चालनगर्नेःमहत

काठमाडौं । पूँजीगत , प्रविधि, कार्यक्षमतालगायतमा कमजोर भएका सार्वजनिक संस्थानलाई निजी क्षेत्रबाट नै सञ्चालन गर्ने सरकारको योजनो छ । आर्थिक वर्ष २०७९,८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति सार्वजनिक कार्यक्रममा आइतबार अर्थमन्त्री प्रकाशशरण महतले यस्तो योजनाबारे बताएका छन् । प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको र सार्वजनिक क्षेत्रमा राखिरहन आवश्यक नभएका सार्वजनिक संस्थानको पहिचान गरी थप पुँजी प्रविधि र सक्षम व्यवस्थापन सहित निजी क्षेत्रबाट सञ्चालन आवश्यक देखिएको छ, अर्थमन्त्री महतले बताएका छन् सार्वजनिक क्षेत्रभित्र राख्न आवश्यक संस्थानको संरचनात्मक र व्यवस्थापकीय सुधार गर्दै उद्देश्य अनुरुप सञ्चालन भए नभएको, वस्तु तथा सेवाको गुणस्तर पहिचान गरी नियमित सुधार गर्दै जानु पर्ने देखिउको छ । संञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा रहेको अर्थमन्त्री महतले बताएका छन् । यी संस्थानहरुमा सरकारको सेयर तथा ऋण लगानीमा ६ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षमा यी संस्थानबाट सरकारलाई ६ अर्ब १६ करोड लाभांश प्राप्त भएको छ । यो कुल लगानी भने १ प्रतिशत हो । आर्थिक सर्वेक्षण २०७९,८० मा सार्वजनिक लाभांश ६ अर्ब १६ करोड प्राप्त गरेको छ । सञ्चालन आय बढेको छ । तर प्रभावकारी रुपमा सञ्चालन नभएको र सार्वजनिक क्षेत्रमा राख्न आवश्यक नभएका सार्वजनिक संस्थानको पहिचान गरी थप पुँजी प्रविधि र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन गर्न आवश्यक देखिएको छ । सार्वजनिक क्षेत्रभित्र राख्न आवश्यक संस्थानको संरचनात्मक र व्यवस्थापकीय सुधार निजीकरण गर्ने,गरिने र संस्थानको उद्देश्य अनुरुप सञ्चालन भए नभएको वस्तु तथा सेवाको गुणस्तर र नियमितमा सुधार गर्दै जानु पर्ने देखिएको ।