Monday, September 15, 2025

२०८२ भाद्र ३०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गभर्नर पौडेलद्धारा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन


गभर्नर पौडेलद्धारा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरेका छन् । जेनजी आन्दोलनका क्रममा लुटपाट भएको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको गभर्नर पौडेलले आइतबार स्थलगत अवलोकन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अवलोकनमा गभर्नरसहित बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल लगायत बैंकका कर्मचारीको उपस्थिति थियो । विषम अवस्थाको फाइदा लिँदै बैंकको बानेश्वरस्थित शाखामा लुटपाट मच्चाएका थिए । लुटपाटमा संलग्ने केही व्यक्तिलाई नेपाली सेनाले नियन्त्रणमा समेत लिएको थियो ।