Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निर्माण व्यवसायीको भुक्तानी गरिने विषयमा अर्थ मन्त्रालयमा निर्भर : महानिर्देशक रामहरि पोखरेल


निर्माण व्यवसायीको भुक्तानी गरिने विषयमा अर्थ मन्त्रालयमा निर्भर : महानिर्देशक रामहरि पोखरेल

काठमाडौँ । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले प्राथमिकताका आधारमा निर्माण व्यवसायीको भुक्तानी गरिने विषयमा अर्थ मन्त्रालयमा निर्भर हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयौजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री ज्यूले भोलि (आइतबार)नै भुक्तानी लिन आउनु भन्नुभयो । अब बिभागमा भुक्तानी लिन आउनेका लाइन लाग्नेहोला । तर, यो अर्थमन्त्रालयमै निर्भर हुन्छ । हामीले बजेट व्यवस्थापनका लागि अर्थमन्त्रालयमा प्रस्ताव पेश गरेका छौं,’ उनले भने । फकाएर भए पनि पुरानो निर्माण व्यवसायीलाई काम गर्न लगाउनुपर्ने अवस्था आएको पनि उनले बताए । ठेक्का तोडेर काम गर्दा विभिन्न समस्या आउन सक्ने उनले बताए ।