Monday, July 07, 2025

२०८२ असार २३, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

भुटानी राजा जिग्मे खेसार नेपाल आउदैँ


भुटानी राजा जिग्मे खेसार नेपाल आउदैँ

काठमाडौँ । भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज नेपाल आउदैँ छन् । उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गर्ने भएका हुन्। चार–पाँच घण्टाको सो ट्रान्जिटका अवसरमा राजा जिग्मेले स्वम्भु र बौद्धको दर्शन गर्ने बताइएको छ । प्रहरी स्रोतका अनुसार बिहान ९.५० बजेतिर नेपाल आइपुग्ने राजा सिग्मे एयरपोर्टबाट सिधै स्वयम्भूको दर्शनका लागि जाने बताइएको छ । उनी स्वयम्भूबाट दर्शनका लागि बौद्ध जाने बताइएको छ । दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएर आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको स्रोतले जनाएका छ ।